Breaking News
Home / प्रदेश / मधेशमा जाडो बढ्यो : जनजीवन प्रभावित

मधेशमा जाडो बढ्यो : जनजीवन प्रभावित

महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर कारण जनजीवन प्रभावित भएको छ । लगातारको शीतलहर, हुस्सु र बाक्लो कुहिरोले जनजीवन सहित  पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा आवतजावतमा कमी आएको जनाइएको छ ।

जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाहरूको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति न्यून छ । चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रहरुलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीका सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

About ram

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Maulapur Online